लुम्बिनीका मुख्यमन्त्री केसीले मागे विश्वासको मत

308
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार प्रदेश सभामा विश्वासको मत मागेका छन् । प्रदेश सभा सचिवालयले जारी गरेको सोमबारको कार्यसूची अनुसार सोमबार मुख्यमन्त्रीले विश्वासको मत मागेका हुन् ।

माओवादीका केसी काँग्रेस, समाजवादी र जनमोर्चाको समर्थनमा गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरे पनि एमालेले भने लगातार प्रदेश सभा बैठक अवरोध गर्दै आएको छ ।

एमालेले माओवादी केन्द्रमा लागेकी सांसद विमला वली र मन्त्री बनेका सांसद अजय शाहीलाई पदमुक्त गरेको निर्णय प्रदेश सभामा दिएको थियो । सभामुखले उनीहरुलाई पदमुक्त गर्न नसकिने बताए पनि एमालेले लगातार बैठक अवरोध गर्दै आएको छ ।