वादोरियो कराँतेद्वारा राहत वितरण

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल वादोरियो कराँते डो संघले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यमा परेका प्रशिक्षक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई शनिबार राहत वितरण गरेको छ । संघले समस्यामा परेकालाई नगद, खाद्यान्न र स्वास्थ्य सामग्री राहतस्वरूप वितरण गरेको हो ।

सबै मिलाएर ३ लाख ५० हजार बराबरको सहयोग वितरण गरिएको वादोरियो कराँते संघले कार्यक्रमका दौडानमा वितरण गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । त्यसमा संघका पदाधिकारीबाट ७५ हजार ५ सय र बाँकी रकम २ लाख ७४ हजार ५ सय वादोरियो कराँते संघका प्रमुख प्रशिक्षकसमेत रहेका अध्यक्ष हरिशरण केसीले व्यक्तिगतरूपमा प्रायोजन गरेको विज्ञप्तिमा उल्लेख छ । आर्थिक सहयोगमा कम्तीमा ५ हजारदेखि बढीमा ७० हजार रुपियाँसम्म सहयोग उपलब्ध गराइएको थियो । युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, अध्यक्ष केसीलगायतले सम्बन्धितलाई एक कार्यक्रमबीच राहत प्रदान गरे ।