डर्टमन्ड फ्रेइवर्गसँग पराजित



बर्लिन, (एजेन्सी) । 

नयाँ सिजनको जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमन्ड दोस्रो खेलमा फ्रेइवर्गसँग पराजित भएको छ ।

शनिबार राति भएको नयाँ सिजन २०२१–२२ को पहिलो खेलमा एसी फ्रेइवर्गले आफ्नो घरेलु मैदानमा पाहुना टोली डर्टमन्डलाई २–१ ले स्तब्ध बनाएको हो । खेलमा भएका तीनवटै गोल फ्रेईवर्ग आफैंले गरेको हो । फ्रेइवर्ग दुई गोल डर्टमन्डको गोलपोस्टमा हान्दा एक गोल भने आत्मघातीमा भएको थियो । अवे मैदानमा डर्टमन्डले खेलमा पूरा पकड जमाए पनि युवा स्टार अर्लिङ हल्यान्डको कुनै जादु चलेन ।

घरेलु टोली फ्रेवर्गका लागि खेलको छैटौं मिनेटमा भिन्सेन्जो ग्रिफोले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि ५३औं मिनेटमा रोनाल्ड सल्लाईले दोस्रो गोल गरेपछि डर्टमन्ड चर्को दबाबमा परेको थियो । दुई गोल बेहोरेपछि तनाव र दबाबमा देखिएको डर्टमन्डले खेलको ५९औं मिनेटमा उपहार गोल पायो ।

गोलकिपर यानिक किइटेलले बल क्लियर गर्न नसक्दा आफ्नै पोस्टमा गोल गरेपछि डर्टमन्डको खातामा उपहार गोल गयो । सो खेलपछि डर्टमन्डले बराबरी गोलका लागि ठूलै संघर्ष गरे पनि सफल हुन सकेन । यो जितपछि फ्रेइवर्गले दुई खेलबाट ४ अंक जोडेको छ । अर्कोतिर पराजित डर्टमन्डको भने एक जितसहित तीन अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्