खोपको बन्दोबस्तो गर्न ललितपुर उद्योग वाणिज्य संघको माग


ललितपुर (नेस) ।

ललितपुर उद्योग वाणिज्य संघले उद्यमी, व्यवसायी र कामदारको लागि थप खोपको व्यवस्थ गर्न ललितपुर महानगपालिकासमक्ष माग गरेका छन् । कोरोना संक्रमणसँगै आर्थिक क्रियाकलाप सञ्चालन गर्दै लैजानुपर्ने बाध्यता भएको भन्दै संघले सो माग गरेको हो ।

महासचिव रुपकमान महर्जनका अनुसार हालसम्म संघको सिफारिशमा महानगरपालिकाले ३ हजार खोप उपलब्ध गराइसकेको जनाएको छ । त्यसमध्ये भदौ ३ गते र साउन १८ गते खोप लगाएका थिए। कोरोना संक्रमणको समयमा दैनिक अत्यावश्यक सामग्री बिक्री वितरण गर्नेदेखि उद्योग र व्यवसाय सञ्चालनमा खटिनुपर्ने व्यवसायीको लागि खोपको बन्दोबस्ती गर्न निरन्तर सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै आएको बताउँदै संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले थप खोपको व्यवस्था गर्न पनि माग गर्नुभयो ।