लाखौंको अन्तःशुल्क करका नक्कली स्टिकर बरामद



काठमाडौं, (नेस) ।

लाखौंं मूल्यबराबरको आयकर, मूल्य अभिवृद्धि कर र अन्तः शुल्क करका नक्कली स्टिकर रुपन्देहीको सिद्धार्थ नगरपालिका–३ दरखसवाबाट सशस्त्र प्रहरीले बरामद गरेको छ । बोर्डर आउट पोस्ट (बीओपी) डन्डाबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालको कमान्डमा खटिएको मोबाइल टोलीले सो सामान बरामद गरेको हो ।

नक्कली स्टिकर लुकाई छिपाइ राखेको राखेको भन्ने सुराकीका आधारमा मोबाइल टोलीले सहिद अन्सारीको घरमा खानतलासी गर्दा २ करोड ३५ लाख ६३ हजार रुपियाँ बराबरको २ लाख ४० हजार थान नक्कली स्टिकर फेला पारेको थियो । सशस्त्र प्रहरीले अन्सारीसहित अमानत अलीलाई पक्राउ गर्नुका साथै उक्त सामान ढुवानी गर्न प्रयोग गरिएको लु २ ख २५० नम्बरको गाडीसमेत पक्राउ गरी राजस्व अनुशन्धान कार्यालय बुटवलमा बुझाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्