कोरोना संक्रमणबाट कलाकार थापाको निधन

1.8k
Shares

न्यूज अफ नेपाल, काठमाडौं ।

लोकप्रिय हास्य कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ। स्वास्थ्य अवस्था जटिल भएपछि केही समय यता भेन्टिलेटरमा उचार गराईरहेका ५५ वर्षीय थापाको उपचारकै क्रममा पाटन अस्पतालमा शनिबार बिहान निधन भएको हो।

तीन दशकदेखि कलाकारितामा सक्रिय थापाले थुप्रै टेलिसिरियल तथा केही फिल्ममा अभिनय गरेका छन्। ख्यातिप्राप्त हास्य जोडी महको प्रडक्सन मह सञ्चारको आमा, मदनबहादुर हरिबहादुरजस्ता सिरीयलबाट लोकप्रियता कमाउँदै आएका थापा पछिल्लो समय हल्का रमाइलो नामक हास्य टेलिश्रृंखलाको बखते नामक पात्रका रुपमा चर्चित थिए।

उनले गोलमाल, मेरी बास्सैजस्ता टेलिसिरीयलबाट पनि लोकप्रियताअ कमाउँदै आएका थिए। थापाको निधनप्रति कलाकारहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन्। थापाको परिवारमा श्रीमती, एक छोरी र एक छोरा छन्। उनको आज शनिबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।