दीपिकाले लिलामीमा राखेको कपडामाथि उठाइयो प्रश्न

1.8k
Shares

बलिउड अभिनेत्री दीपिकापा दुकोण फिल्मका साथै सामाजिक कार्यमा रमाउने अभिनेत्रीमध्ये एक हुन् । बेला—बेलामा सामाजिक सेवा तथा विभिन्न अभियानमा सक्रिय भइरहने दीपिकाले हालै सामाजिक कार्यका निम्ति आफ्ना प्रयोग भएका कपडा लिलामीमा राखेकी छिन् ।

लिभ लभ लाफ फाउन्डेसनलाई सहयोग गर्ने उद्देश्यले कपडा लिलामीमा राखेकी दीपिकाको सामाजिक कार्यको सर्वत्र चर्चा भएपनि केही सामाजिक सञ्जाल प्रयोगकर्ता तथा फ्यानले भने उनले लिलामीमा राखेको दुई कपडामाथि प्रश्न उठाएका छन् । लिलामीमा राखिएको एक कपडा दीपिकाले सन् २०१३ मा अभिनेत्री स्व. जिया खानको श्रद्धाञ्जलि सभा र एक कपडा भने अभिनेत्री प्रियंका चोपडाको पिताको अन्तिम संस्कारमा लगाएको दाबी गरेकी छन् । एक फ्यानले प्रियंकाले ती समयमा आएका समाचारमा उक्त लुगा लगाएको स्क्रिन सट र लिलामीमा राखिएको त्यही लुगाको स्क्रिन सट खिचेर लेखेकी छिन्—‘म यो कुराले हैरान भएकी छु कि मेरो फेभरेट अभिनेत्री दीपिका पादुकोणले सन् २०१३ मा अलग अलग श्रद्धाञ्जलि समारोहमा लगाएको साधारण कपडा पनि लिलामीमा राखेकी छिन् ।’ त्यस्तै अन्य ट्विटर प्रयोगकर्ताले पनि सामाजिक कार्यका नाममा १०/१५ वर्ष पुरानो साधारण कपडा डिजाइनर कपडा जस्तो गरी लिलामीमा राख्नु भन्दा जरुरत परेका मानिसलाई दान दिन सुझाव दिएका छन् । प्रियंकाले तीमध्ये एक कपडाको लिलामी मूल्य ४ हजार तीन सय सोह्र र अर्कोे कपडाको मूल्य बाह्र सय अठहत्तर रुपियाँ मात्र राखेकी छिन् ।