अस्ट्रेलियाबाट आयो तीज गीत

2.8k
Shares

अस्ट्रेलियाको मेल्बर्न शहरमा बस्दै आएकी अञ्जु अधिकारीले स्वास्थ्य क्षेत्रमा काम गरे पनिगीत संगीत क्षेत्रमा पनि सक्रिय छिन् ।

उनले यो वर्षको हरितालिका तीजलाई विशेष महत्व दिँदै आफ्नै शब्दमा नाचौँ साथी हो बोलको नयाँ तीज गीत तयार पारेर सार्वजनिक गरेकी छिन् । गीतमा मेलिना राईले स्वर दिएकी छिन् भने यसको म्युजिक भिडियोमा उनी आफैँ प्रमुख कलाकारको भूमिकामा देखिएकी छिन् ।

विन्ध्यवासिनी म्युजिक प्रालिको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा आफ्नो मातृभूमिलाई छोडेर परदेशी हुनुको पीडा र परदेश पुगेर पनि त्यहाँ हुने विभिन्न आरोह—अवरोह बीचको संघर्ष देखाइएको छ । अञ्जुको अर्को नयाँ आधुनिक गीत पनि बजारमा आउने तयारीमा छ ।