प्रधानसेनापतिमा शर्माकाे बढुवा


काठमाडौं, (नेस) ।

कायममुकाय प्रधानसेनापति प्रभुराम शर्मा प्रधानसेनापतिमा बढुवा हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई प्रधानसेनापतिमा बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकले प्रधानसेनापतिको बढुवामा सिफारिस हुनुभएका शर्मालाई नियुक्ति गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले सैनिक सेवा चौथो संशोधन नियमावली–२०७८ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकले काठमाडौं–तराई–मधेस द्रुत मार्गको सहायक संरचना निर्माण गर्न मकवानपुरका कालभैरव र गौरीशंकर वन क्षेत्रमा परेको ५.२२ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न अनुमति दिने र त्यहाँ रहेका रूट हटाउन स्वीकृति दिएको निर्णय गरेको कार्कीले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।