जापानबाट एस्ट्राजेनेकाको बाँकी मात्रा आउँदै

3.2k
Shares

काठमाडौं, (नेस) ।

जापानले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत दिन लागेको जापानमा निर्मित एस्ट्राजेनेका खोपको १६ लाख १४ हजार ७ सय ४० मात्रामध्ये आउन बाँकी मात्रा आगामी अगस्ट २१ र २३ गते नेपाल आइपुग्ने बताइएको छ ।

काठमाडौंस्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो । यसअघि गत अगस्ट ७ र ८ गते दुई पटक गरी जापानबाट एस्ट्राजेनेकाको ८ लाख ४४ हजार ४ सय २० मात्रा आइसकेको छ ।

जापानी राजदूत किकुता युताकाले खोप अनुदान नेपाल र जापानबीचको मित्रताको प्रतीकका रूपमा रहने बताउनुभएको छ ।