विपक्षीले लगाएको आरोप जस्तो योजना कटौती भएको छैन : मुख्यमन्त्री पोखरेल

392
Shares

मिला दरै, तनहुँ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विपक्षीले आरोप लगाएजस्तो आफू नेतृत्वको सरकारले पुराना याबशेजना नकाटेको बताउनुभएको छ । सदरमुकाम दमौलीमा पहिलो पटक औपचारिक कार्यक्रममा आउनुभएका मुख्यमन्त्रीले विपक्षीले बनिसकेका योजना काटेको भनेर आरोप लगाएपनि आफू नेतृत्वको सरकारले कुनै पनि बहुवर्षीय ठेक्काको रकम नकाटेको र राम्रा कामलाई निरन्तरता दिएको दावी गर्नुभएको छ ।

‘सरकार परिवर्तन हुनु स्वभाविक प्रक्रिया हो तर पहिलेको सरकारले थालनी गरेको राम्रो कार्यको दायित्व परिवर्तन गरेका छैनौं,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो । सरकार परिवर्तन भएसँगै पहिलो योजना बाईपास हुँदैछन्, हिजोको सारा योजना कटौती गरियो भन्ने लागेको हुनसक्छ । तर, हामीले राम्रो कार्यलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

उज्ज्यालो प्रदेश, एक घर एक धारा, विश्वविद्यालय बनाउने, प्रदेश प्रशिक्षण तथा संसद भवन बनाउने मेगा प्रोजेक्ट जस्ता विगतका कार्यलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । ‘सरकार परिवर्तन आफ्नो ठाउँमा छ तर दायित्व परिवर्तन हुँदैन मिलेर अगाडि बढीरहेको अवस्था छ,’ उहाँले भन्नुभयो ।

‘बजेट बनाउनु अघि अघिल्लो सरकारले ३८ अर्बको सिलिङ गरेको थियो तर स्रोत नै आउन नसक्ने भएकाले ३० अर्बमा झ¥यो । तर, पनि हामीले पहिलेका बहुवर्षीय कार्यक्रमको बजेट रोकनौं । केही नयाँ राम्रो शुरुवात पनि गरेका छौं,’ उहाँले भन्नुभयो ।
‘हामीले हिजो सरकारले गरेका योजना पिकअफ गरेका छौंं । साथै नयाँ राम्रो योजनाहरु ल्याएका छौं,’ उहाँले भन्नुभयो, ‘साधन, स्रोत सिमिति हुँदा हुँदै पनि अहिले जनताहरुको ज्वलन्त समस्या समाधान गर्दै प्रदेश, स्थानीय र केन्द्रीय सरकारको समन्वयबाट योजना सम्पन्न गर्नुपर्छ ।’

बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपबाट अरबौं क्षति भइसकेको उल्लेख गर्दै उहाँले घर पूर्ण क्षति हुनेलाई तत्काल एक लाख रुपियाँ बजेटको व्यवस्था प्रदेश सरकारले गरेको बताउनुभयो । केन्द्रीय सरकारसँग समन्वय गरेर र स्थानीय सरकारसँग मिलेर विपत सम्बन्धमा काम गरिने प्रतिबद्धता उहाँले गर्नुभयो । सोही अवसरमा मुख्यमन्त्री पोखेलले जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुलाई पारदर्शी र छिटो र छरियो ढङ्गबाट काम गर्न निर्देशन दिनुभएको थियो ।

६ महिनाभित्र सबैलाई खोप

मुख्यमन्त्री नेपालीले प्रदेशवासीलाई कोभिड जोखिमबाट बाहिर ल्याउनु मूलमन्त्र भन्दै सरकारले ६ महिनाभित्र सबैलाई खोप दिने विश्वास दिलाउनुभएको छ । ‘हामीले कोभिडविरुद्धको खोप किन्न बजेट समेत व्यवस्था गरेका छौं,’ उहाँले भन्नुभयो, ‘हामीले सिधै किन्न नमिले पनि संघ सरकार र अरु तवरबाट ६ महिनाभित्र सबैलाई खोप दिलाउँछौं ।’

प्रदेश सरकारले विपदको समस्यामा परेका नागरिकलाई घर बनाउन तथा पूर्वाधारको मर्मतका लागि सबै जिल्लामा सहयोग गरेको भन्दै विपद्को अवस्थामा कुनै पनि कसर बाँकी नराख्ने उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जिल्लामै कोभिड परीक्षणको व्यवस्थ ागर्न मुख्यमन्त्रीसँग आग्रह गर्नुभएको छ ।

व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले प्रदेश सरकारले दमौली अस्पतालको व्यवस्थापनमा विशेष चासो दिनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले तनहुँका विभिन्न भाग विपद्का समयमा प्रशासनमार्फ प्रदेश सरकारबाट सहयोग भएको बताउनुभयो । कार्यालय प्रमुखहरुलाई निष्ठापूर्वक काम गर्दा प्रदेश सरकारका तर्फबाट हरतरहको साथ रहने प्रतिबद्धता मुख्यमन्त्री पोखरेलले व्यक्त गर्नुभएको छ ।