उपत्यकाका सडकभरि फोहोरै फोहोर, सर्वसाधारणलाई अर्को महामारी फैलिने डर


काठमाडौं ।

केही दिनयता उपत्यकाको गल्ली, चोक र सडक किनारामा फोहोरको डंगुर थुप्रिएको छ । बाटोमा फैलिएको फोहोरलाई झन् फैलाउनको लागि कुकुरले झन् सहायता पुप्याइरहेको छ ।

उपत्यकाको सडकमा हिडिसक्नु छैन् । जताततै दुर्गन्ध फैलिएको छ त्यसमाथि वर्षातको समय । नाकमुख छोपेर हिड्दापनि फोहोर यस्तो गन्हाएको छ कि कुरै छोड्देऔ । महानगरपालिकाले समयमै फोहोर उठाउन नसक्दा उपत्यकामा फोहोरभन्दा अरु केही पनि छैन् ।काठ्माडौको सडकमा हिड्न सक्ने स्थिति छैन् । त्यसमाथि कोरोनाकालमा अर्को महामारी फैलिने हो कि भन्ने चिन्ता छ । यस्तो अवस्थाको जिम्मेवारको बन्ने ? सरकारले सडकको छेउछाउ फोहोर नफाल्न आग्रह गरेपनि कसैले टेरपुच्छर मानेको छैनन् । यसको जिम्मेवार घरधनी पनि बन्ने कि ?काठ्माडौ महानगर आफ्नो जिम्मेवारी वहनमा चुकेको छ । जसको प्रतिफल जनताले भोग्नुपरेको छ । महानगर फोहोर विसर्जन गर्ने ठाँउ अर्थात सिसडोल जाने बाटो बिग्रेको छ भनि आफ्नो जिम्मेवारीबाट पन्छिएको छ । बाटो बिग्रेको छ भनेर समस्याको समाधान हुन्छ ।
महानगरको कमीकमजोरीले गर्दा उपत्यकाको सुन्दरतामा हस आएको छ । जेठयता फोहोर नियमित रुपमा संकलन हुन सकेको छैन् । तैपनि सर्वसाधारणहरुले महिनापिच्छे फोहोरको पैसा तिर्नुपरेको छ । घाम नलागेसम्म फोहोर नउठ्ने महानगरले जनाएको छ । पानी परिरह्यो भने सडकमै फोहोर फालिरहने । हेर हाम्रो देशको स्थिति ।

महानगरको अनुसार फोहोर व्यवस्थापन मौसममा भर पर्छ । त्यसो भए पानी परेको बेला फोहोर नै नहुनु हो । फोहोर त हरेक मौसममा हुन्छ । फोहोर संकलनको लागि पनि अब मौसम हेर्नुपर्ने दिन आयो । कहिले आन्दोलन त कहिले मौसम । यो समस्याको स्थायी रुपमा समाधान चाहि कहिले हुने हो ।महानगरपालिकाले नारा चाहि स्वच्छताको लाउछ काम चाहि बेवास्ताको गर्छ । जथाभावी फोहोर फाल्नेलाई जरिवाना र कैद सजाय गर्ने भनेर सडकको छेउछाउ होटिड बोर्ड टासेको छ । तर कसैले टेरेका छैनन् । नटेर्नुको कारणचाहि फितलो अनुगमन र महानगरको व्यस्तता नै हो । कामभन्दा बढी कार्यक्रम हुने देशको स्थिति यस्तै नै हो । फोहोर व्यवस्थापन कसरी गर्ने भन्नेमा ध्यान छैन् । दिनौं प्रचारबाजीमा हिडेका छन् महानगरका कर्मचारी । फोहोर नगरौ भन्ने होटिड बोर्डमा करोडौ खर्च भएको छ । यदि यो पैसाको सदृपयोग गरेको भए अहिले यस्तो स्थितिको सामना सायदै गर्नुपर्ने थिएन होला ।

घर बनाइसकेपछि आफ्नै घरभित्र कम्पोस्ट मल बनाउने ठाँउ छोड्नृपर्ने होइन् । तरकारीको बोक्रादेखि खानासमेत बाटैभरि छरिएको छ । योबाट कति दुर्गन्ध फैलिएको छ । उपत्यकामा ७७ वटै जिल्लाका मानिसहरु बसोवास गर्छन् । यत्रो जनसंख्या भएको, पर्यटकीय क्षेत्रको स्थितिको त यस्तो छ । अरु जिल्ला त परको कुरा भयो ।राजधानी भन्नेबित्तिकै सबैको मनमा सफासुग्घर, सौन्दर्यले भरिएको ठाँउ हो भन्ने कुरा झट्ट दिमागमा आइहाल्छ । यहाँ नेतादेखि बुद्धिधजीवीसम्म बस्छन् । तर उपत्यका जस्तो फोहोर र दुर्गन्धित स्थल देशको कुनै पनि कुनामा सायदै छ होला ? जथाभावी रुपमा फैलिएको फोहोरले मानिसको ज्यान लिने भयो । जनताको बाच्ने अधिकारमा महानगरपालिकाले ताला लगाउन खोज्दै छ । फोहोर उठाएबापत हरेक सर्वसाधारणले महिनामहिनामा महानगरले तोकेजति रकम तिरेका छन् । एउटा कोठाको फोहोरको पैसा बहालमा बस्नेले १०० रुपियाको दरले तिरेको छन् । एउटा घरमा १० वटासम्म कोठाभाँडामा छ । यत्रो कोठाभाँडामा छ फोहोर कति होला । एउटा कोठाबाट १०० रुपिया लिदाँपनि १० वटा कोठाको १००० हुन्छ । महानगरले फोहोरको कति रुपिया तोकेको छ यसको ज्ञान त महानगरलाई नै होला ।

महानगरपालिकाले निजी कम्पनीलाई पनि फोहोर उठाउन ठेक्का दिदो रहेछ । फोहोर उठाएबापत हामीले कोठाबस्नेले पैसा त तिर्छौ तर बिल पाउदैनौ । हामी बहालमा बस्नेले फोहोरको पैसा कति तिर्नृपर्ने हो । सरकारले कति तोकेको छ कसैलाई पनि जानकारी छैन् ।हरेक कोठामा बस्नेले १०० रुपिया तिरेको छन् । यसबाट राज्यको ढुकुटीमा कति राजस्व गएको छ । अहिले हामीले जति पनि फोहोर उठाएबापत रकम तिरेको छौ यो सरकारले तोकेको होइन् । यो रकम वडाध्यक्ष र फोहोर उठाउन जिम्मा पाएको ठेकेदारको मिलोमतोमा तोकिएको हो ।फोहोर उठाउने कर्मचारीको तलब कति छ । अति न्युन तलब दिएर उनीहरुको शोषण गरिएको छ । वडाध्यक्षहरुले आफ्नो आफन्तलाई फोहोर उठाउन ठेक्का दिने गरेको छन् । वडाध्यक्ष र ठेकेदार मिलेर फोहोर उठाएको पैसा आफृ हत्याउने गर्छन् ।

अनि राज्यको ढुकुटी जहिले पनि रित्तै । राज्य जहिले पनि हेरेको हेप्यै छ । नेपाल कमिशन र भ्रष्ट्र्चारमा टिकेको देश रहेछ । अरुमा तकमिशन खाए तर फोहोरमा पनि ठेक्कापट्टा गरेर कमिशन खानबाट पछि परेनन् । फोहोर उठाउने कसको जिम्मेवारी हो ।फोहोर उठाउने कर्मचारीलाई कम तलब दिएर उनीहरुको शोषण भइरहेको छ । फोहोर उठाउने कर्मचारीहरुको हाल बेहाल छ । न हातमा पञ्जा छ । न मुखमा मास्क छ । खुट्टामा लाउने बुटको त कुरै छोड्देऔ । के उनीहरु मान्छे होइनन् । उनीहरु नेपालका जनता होइनन् । उनीहरुले देश सफा राख्नको लागि महत्वपुर्ण भूमिका खेलेको छन् ।

फोहोर उठाउने कर्मचारीहरुसंग पढाइलेखाइ छैन् । उनीहरुको आर्थिक स्थिति कमजोर छ । त्यसैले त फोहोर उठाउन आएको हृन् । फोहोर उठाउन कसलाई रहर लाग्छ । फुटेको सिसा, किलाहरु जथाभावी फोहोरको पोकोमा हालिदिएको हुन्छन् । यसबाट कसैको हातखुट्टा काट्न सक्छ । के नेपाली जनताहरुमा मानवता हराएकै हो ? कति फोहोर उठाउने कर्मचारीहरुको घरपरिवार हुदैन् । उनीहरुले सरकारबाट पाउनृपर्ने सेवासृविधा पनि पाएको छैनन् । ठेकेदार राखेर फोहोर उठाउन दिदा उनीहरुले भनेको बेलामा तलबसमेत पाउदैनन् । सरकार आफैले कर्मचारी राखेर फोहोर उठाउनृपर्ने होइन् र ?फोहोर संकलन गरेबापत लिएको रकम सिमित व्यक्तिको खल्तीमा जाने कि राज्यको ? ठेक्कापट्टामा फोहोर संकलन गर्ने जिम्मा दिदा राज्यले वर्षेनि अर्बो रुपियाको राजस्व गुमाउनुपरेको छ । सरकार आफैले फोहोर संकलन गर्ने जिम्मा लिने हो भने हरेक नेपाली जनताले रोजगारी पाउने थिए ।

राज्य आफैले फोहोरको पैसा उठाउने हो भने सबै जनतालाई फोहोर संकलन गरेको सरकारी रेटबारे जानकारी हृन्थ्यो । सर्वसाधारणले पनि केही सर्वसुलभता पाउथे । वडाध्यक्ष र मेयरहरुले आफ्नो व्यक्तिगत फाइदा बारे सोच्दा राज्य घाटामा गइरहेको छ ।ठेकेदारहरुले जनता ठगे तर राज्य नथाहा पाए जसो गरि टुलटुलु हेरेर बस्यो । नेपालको ७ वटै प्रदेशमा रहेको महानगरपालिकाले भनेको बेलामा फोहोर उठाउन तर्फ चासो दिदैन् । यसबाट विश्वमै नेपालको कस्तो प्रभाव पर्न गएको छ । यो त हाम्रो देशको बुद्धिधजीवीहरुले सोच्नुपर्ने कुरा होइन् र ?आफ्नो घरबाट निस्किेको फोहोरलाई व्यवस्थित गर्नु हरेक नागरिकको जिम्मेवारी हो । तर यतिको सोचविचार उपत्यकाबासीले गरेको छैनन् । सडकमा मात्र नभई खोला छेउछाउमा समेत फोहोर फालेको छन् । नेपालीहरुको यस्तो बानी व्यवहारले गर्दा खोलानाला, सडक जथाभावी फोहोरै फोहोर छ ।

महानगरपालिका पनि हात बाधेर बेवारिसेझै बसेको छ । एक ठाँउमा मात्र फोहोर विसर्जन गर्न सम्भव छैन भन्ने कुराको ज्ञान हुदाँहुदै पनि टवाल्ल परेर हेरेर बस्नु उचित हो । यो त महानगरको गैरजिम्मेवारी हो ।