राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन

4.7k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ ।

कोरोना संक्रमित शेरचनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा निधन भएको हो । ६७ वर्षका शेरचन राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष र नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत हुन् ।

उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । उनको दिउँसो ११:३० बजे पशुपति आर्यघाट स्थित इलोक्ट्रोनिक शवदाह गृहमा अन्तिम संस्कार गरिने भएको छ ।