गिरीबन्धु टी इस्टेट जग्गा प्रकरण: तत्काल छानविन गर्न मोदीको आग्रह

4.5k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

संघीय संसदमा गिरीबन्धु टी इस्टेटको जग्गा घोटाला सम्बन्धि प्रश्न उठेको छ । झापास्थित गिरीबन्धु टी इस्टेटले हदबन्दीभन्दा धेरै राखेको जग्गा बिक्री गरेर कम्पनी स्थानान्तरण गर्न दिने निर्णयकाविरुद्ध माओवादी सांसद अमनलाल मोदीले प्रश्न उठनएका छन् ।

ललिता निवास जग्गा प्रकरण भन्दा ठूलो घोटला भएको जनाउँदै मोदीले भने ‘ललिता निवास भन्दा ठूलो घोटला भएको छ, झापास्थित गिरीबन्धु टी इस्टेटले हदबन्दीभन्दा धेरै राखेको जग्गा बिक्री गरेर कम्पनी स्थानान्तरण गर्न दिने निर्णय गरिएको छ यसको छानविन होस्’, ।

त्यस्तै, नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य धनराज गुरुङले पनि सो विषयमा छानविनको माग गरेका छन् । उनले सानमाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “भ्रष्टाचारका ठुल्ठुला काण्डहरुको छानविनको सुरुवात तुरुन्त गरेर निवर्तमान प्रमओलीको प्रश्नको जवाफ कर्मले दिनुस् प्रमज्यु । भ्रष्ट नेताहरुलाई पाता कसेर लडाएको हेर्ने रहर सायद लाखौं नेपालीलाई छ ।”