रसुवामा पहिरोले घर पुरिँदा ४ बेपत्ता, एक घाइते

2.1k
Shares

सरस्वती न्यौपाने, रसुवा ।

जिल्लाको नौकुण्ड गाउँपालिका वडा नम्बर ५ कोलडाँडामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता भएका छन भने एक जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ ।

प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार अत्याधिक वर्षाका कारण सडकमाथिबाट आएको पहिरोले स्थानीय श्याम बहादुर ग्लानको घर पुरिएको हो ।

बिहिबार विहान करिब ३ बजेको समयमा सडक माथिबाट पहिरो खस्दा घरभित्र सुतिरहेकी ग्लानकी श्रीमती, दुई छोरि र एक छोरा बेपता भएका छन् । त्यस्तै, ग्लान भने घर बाहिर सुतेका कारण पहिरोमा परि घाइते भएका छन् । उनलाई गाउँलेहरूले उद्दार गरि उपचारका लागि अस्पताल पुर्‍याएका छन् ।

पहिरोले पुरिएका चारै जनाको खोजी कार्य भइरहेको उपरीक्षक पाण्डेले बताउनुभयो ।