दीर्घकालीन ल्याण्डफिल साइट निर्माण सम्पन्न नहुँदा फोहोर व्यवस्थापनमा समस्या : मेयर शाक्य

210
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

अहिले ओखरपौवा ल्याण्डफिल साइटमा कहिले ५० वटा त कहिले ६० वटा फोहोर बोक्ने सवारी साधन पुग्ने गरेका छन् । महानगरको वातावरण व्यवस्थापन विभागकाअनुसार सामान्य अवस्थामा फोहोर बोकेका १५० वटासम्म सवारी दैनिक साइटमा पुग्ने गरेका थिए । यसले गर्दा सहरको फोहोर संकलन र ढुवानीमा असहज भएको छ ।

‘फोहोर व्यवस्थापनको असहजताका लागि धेरै कारण छन् । बञ्चरे डाँडाको दीर्घकालीन ल्याण्डफिलको पूर्वाधार निर्माण गरेर महानगरलाई हस्तान्तरण भएको भए अहिलेको समस्या आउने थिएन । त्यो पनि निर्माण सम्पन्न हुन सकेको छैन ।’

महानगरका प्रमुख विद्यासुन्दर शाक्य भन्नुहुन्छ, ‘अहिले काठमाडौँ उपत्यकासहित ल्याण्डफिल साइटमा फोहोर पु¥याउनु पर्ने सबै सहरमा कम फोहोर उठेको छ । तर, यसको दोष र दायित्वचाहिँ महानगर एक्लैले व्यहोर्नु परेको छ । यो समस्या समाधानका लागि प्रदेश र संघ सरकारको समान सहयोग चाहिएको छ ।’

बर्खायाम छ । फोहोर व्यवस्थापन हुने ठाउँमा पुग्न फोहोरमै बनाइएको बाटोबाट जानु पर्छ । यहाँ गाडी उक्लिन सकेनन् । यहीकारण कम सवारी गएका हुन् । वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले असजिलोका विषयमा जानकारी दिनुभयो ।