पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

980
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ३४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका भिभिन्न प्रयोगशालामा ११ हजार ८३९ पीसीआर परीक्षणमा २६१३ र ४९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३४०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २१०४ जना संक्रमणमुक्त भएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।