नेपाल पक्ष नयाँ दल दर्ता गर्न आजै निर्वाचन आयोग जाने


न्युज अफ नेपाल , काठमाडौं ।

नयाँ अध्यादेश जारी भएसँगै नेकपा एमाले फूटको संघारमा पुगेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ दल दर्ताको तयारी थालेको छ । नेपाल पक्षले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्न आन्तरिक छलफल‍ गरिरहेको छ ।

नेपाल पक्षका नेताको भेला अहिले नयाँ बानेश्वरस्थित अर्याल होटेलमा जारी छ ।  छलफलमा दल दर्ता गर्न आजै निर्वाचन आयोग जाने तयारी भएको उनले बताए।

नयाँ पार्टी गठन गर्न एमालेको नेपाल पक्षका केन्द्रीय सदस्यले हस्ताक्षर संकलनको काम थालेका छन् । माधव पक्षले दल दर्ता गरेको खण्डमा एमाले विभाजन हुनेछ। नयाँ अध्यादेशअनुसार नेपाल पक्षलाई पार्टी फुटाउन ५२ केन्द्रीय सदस्य वा ३१ सांसद भए पुग्छ। एमालेबाट संघीय संसद्मा १ सय ५४ जनाको प्रतिनिधित्व छ।