मंगलबार काठमाडौंमा थप ६७३ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

मंगलबार काठमाडौंमा थप ६७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा १४१ र ललितपुरमा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै आज काठमाडौं उपत्यकामा १०३३ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३२७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २७ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्