सर्ट फिल्म फेस्टामा म्हःपूजाले मार्‍यो बाजी

350
Shares

राजधानीमा हालै आयोजित काठमाडाै‌ सर्ट फिल्म फेस्टा–२०२१ मा कल्याण अधिकारी सर्ट फिल्म निर्देशकको अवार्ड विजेता भएका छन्।

पाँचाै‌ संस्करणको फेस्टमा पुरन जोशीद्वारा निर्देशित महःपुजा उत्कृष्ट डकुमेन्ट्री र अभिनव श्रेष्ठद्वारा निर्देशित स्विट सिक्सटिन उत्कृष्ट सर्ट फिल्म अवार्ड सावित भएको छ। त्यसैगरी, नवराज बु्ढाथोकीद्वारा निर्देशित हाउस हजवेन्डले इन्करेजमेन्ट अवार्ड, लक्ष्मण सुवेदीद्वारा निर्देशित मेहन्दीको रंग बेस्ट कन्सेप्ट स्कृप्ट, दीपेन्द्र लामाद्वारा निर्देशित सावधानलाई पब्लिक च्वाइस अवार्ड र सरोज खनालद्वारा निर्देशित बिहानीमै अस्ताएको सूर्य जुरी अवार्ड विजेता भएको छ ।

समारोहमा रंग पत्रकार स्व. सविन शाक्यको स्मृतिमा फिल्मी पत्रिका फिल्मी खबरद्वारा स्थापित फिल्मी खबर–सविन स्मृति रंग पत्रिकारिता पुरस्कार नगद १० हजार १० रुपैयाँसहित डेढ दशकदेखि रंग पत्रकारितामा योगदान गर्दै आएका सुमन वैरागीलाई प्रदान गरिएको छ।

छायाँछवि क्रियसनको आयोजनामा नियमित रूपमा हुँदै आइरहेको काठमाडाै‌ सर्ट फिल्म फेस्टा कोरोना महामारीका कारण केही वर्षको अन्तरालपछि आयोजना गर्न सकिएको आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्ति प्रियले बताए। फेस्टा हरेक दुइ/दुई वर्षमा आयोजना हुँदै आएकोमा आगामी दिनमा हरेक वर्ष प्रदान गरिने उनले बताए । समारोहमा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्म उद्योगको वर्तमान अवस्थाको चित्रण गर्दै जस्तै अवस्थामा पनि यसको विकासमा लागि पर्नुपर्ने बताए। त्यसैगरी फिल्मकर्मी एवम् राप्रपाका नेता प्रदीप कुमार उदयले कोरोना कहर र फिल्म उद्योगको अवस्थाका बारे चर्चा गरेका थिए । फेस्टामा प्रवण भुसाल, सुवास बुढाथोकी, रेनिस फागो र गोपाल ढकाल निर्णायक सदस्य एवम् ऋषि लामिछाने निर्णायक संयोजक थिए।