जसपामा ठाकुरलाई अन्तरिम आदेश दिन अस्वीकार

1.6k
Shares

काठमाडौं ।

सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका तत्कालीन अध्यक्ष महन्थ ठाकुरको पार्टीको आधिकारिकताको विषयमा दायर गरेको रिट निवेदनमा अन्तरिम जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ठाकुरलाई अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षको आधिकारिकता सदर भएको छ ।

“दलको आधिकारिताबारे आयोगबाट यही २०७८र४र११ मा निर्णय गरेको देखियो”,–आदेशमा भएिको छ, “सो निर्णय कानून बमोजिम छ वा छैन भन्ने अन्तिम निर्णयको विषय देखिएको, उठाइएका अन्य विषय अन्तिम निर्णय हुँदा विचार हुने नै भएको र निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको समेतबाट सुविधा र सन्तुलनलाई दृष्टिगत गर्दा हाल माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपरेन ।”

पार्टी आधिकारिकताको सन्दर्भमा आयोगले गरेको निर्णय खारेजीको माग गर्दै ठाकुरले सर्वोच्च अदालत रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिटमा साउन १० गते न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको थियो । यही साउन १५ गते न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार चुडालको संयुक्त इजलासले दुवै मुद्दालाई सँगै राखेर सुनुवाइ गर्ने आदेश गरेको थियो ।