काठमाडौमा थप ६७७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

1.2k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा थप ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै भक्तपुरमा १ १७ र ललितपुरमा १६७ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससागै सोमबार काठमाडौं उपत्यकामा ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका सहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ११५४५ पुगेको छ। जसमध्ये काठमाडौंमा ८ १२३, भक्तपुरमा १४०५ जना र ललितपुरमा २०१७ रहेका छन्। उपत्यकामा पछिल्लो २४ घन्टामा काठमाडौंमा ३ र भक्तपुरमा २ गरी ५ जनाको मृत्यु भएको छ।