आफ्ना नागरिक उद्दार गर्न गएको अमेरिकी सेनाले काबुल विमानस्थलमा गर्‍यो हवाई फायर

2.5k
Shares

एजेन्सी ।

तालीवान विद्रोहीले सत्ता कब्जा गरेसँगै अफगानिस्तान छाड्ने मानिसको भिड नियन्त्रण गर्न अमेरिकी सेनाले काबुल विमानस्थलमा हवाई फायर गरेको छ ।

अमरिकी राजदूत, कर्मचारी, नागरिक र अन्य विदेशीलाई काबुलबाट उद्दार गर्न गएको अमेरिकी सेनाले केही राउन्ड हवाई फायर गरेको एएफपीले जनाएको छ । यसैबीच सोमबार बिहानैदेखि विमानस्थलबाट हुने सबै व्यवसायिक उडान समेत स्थगित गरिएको छ । टोलो न्युजका अनुसार विमानस्थल प्रशासनले उडान बन्द भएको भन्दै विमानस्थलमा भिड नगर्न भनेको छ।