अफगान विमानस्थलमा देखिएको कारुणिक दृश्य (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

तालिवान विद्रोही समूहले सत्ता कब्जा गरेसँगै अफगानिस्तान विमानस्थलमा देश छाड्ने मानिसको घुँइचो लागेको छ ।

आइतबार अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेसँगै काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेको तालिवानले विजय हाँसिल गरेको घोषणा गरेको छ ।

तालिवानको कब्जामा परेसँगै अफगानिस्तान छाड्न चाहने नागरिककाे हुलले विमानस्थलनै अस्तव्यस्त बनेको छ । त्यस्तै, अमेरिकासहित पश्चिमा देशहरूले आफ्ना नागरिकको उद्धार गरिरहेका छन् । हाल, सामाजिक सञ्जालमा राखिएको भिडियोले विमानस्थलको कारुणिक दृश्यको बयान गरिरहेको छ । मानिसहरु विमानमा चढ्न हानथाप गरिरहेका छन् भने महिलाहरु बच्चासहित विमास्थलतर्फ दौडिरहेको देखिन्छन् ।

भिडियो स्रोत:  सामाजिक सञ्जाल

 

प्रतिक्रिया दिनुहोस्