तीजमा फिलिली नाचम्ला

3.4k
Shares

शान्तिश्री परियार र अञ्जली अधिकारीको यो तीजमा फिलिली नाचम्ला

गीतकार डीपी दाहाल ‘परिश्रमी’ ले नेपाली नारीहरूको महान चाड तीजको अवसरमा यो तीजमा फिलिली नाचम्ला बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् ।

गायिका शान्तिश्री परियारले गाएको लोक लयमा आधारित गीत निकै कर्णप्रिय छ भने म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ।

नृत्यमा अब्बल रहेकी अञ्जली अधिकारीले म्युजिक भिडियो तताएकी छिन् । साथमा नयन डीसी, रमा थपलिया र कोरस समूहको अभिनय तथा नृत्य रहेको छ ।

माइती र चेलीको संगम तीजमा हुने संगिनी नाच, जोडी गाँसि सकेका र गाँस्न बाँकी रहेका चेलीलाई गीतको म्युजिक भिडियोमा रमाइलो ढंगले समेटिएको छ । गीतको म्युजिक भिडियो स्मृति तिमल्सिनाले निर्देशन गरेकी छिन् ।

गीतमा गीत रचना डीपी दाहाल परिश्रमी, संगीत पुरुषोतम न्यौपाने र संगीत संयोजन एरेन्ज केशव बडुको रहेको छ। गीतकी प्रस्तुतकर्ता रीता सिम्खडा दाहाल हुन् ।