रानीको डान्सिङ गीत अक्कले

182
Shares

गायिका रानी शाक्य पुनःअर्को एउटा डान्सिङ गीत अक्कले लिएर प्रस्तुत भएकी छिन् । चन्द्र सिंह घलेको शब्द संगीत र निरज श्रेष्ठको संगीत संयोजन रहेको गीतमा रानी शाक्य र चन्द्रसिंह घलेको स्वर रहेको छ।

बिना राउत र नायक अमृत ढुंगानाको दमदार नृत्य रहेको गीतको म्युजिक भिडियोमा हरि घलेको छायांकन, फराज अर्पणको सम्पादन र निर्देशन रहेको छ । म्युजिक भिडियो रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।