हुन्डाईको मिडिया टेस्ट ड्राइभ

98
Shares

काठमाडौं, (नेस) ।

हुन्डाईको आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हालै लन्च भएको गाडी अल न्यू आई २० का लागि गोकर्ण फरेस्ट रिसोर्टमा मिडिया टेस्ट ड्राइभ कार्यक्रम आयोजित गरेको थियो ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार हुन्डाई आई २० टाइफुन सिल्भर, टाइटन ग्रे, मेटालिक कपर, स्टार्री नाइट, पोलर व्हाइट र फायरी रेडमा उपलब्ध हुनेछ। नेपालमा मगना र स्पोटेज भेरिएन्ट पाइने छ जस्को मूल्य ३६ लाख ९६ हजार र ४१ लख ९६ हजार रहनेछ ।लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरी १४ शोरुमहरु तथा १८ सर्भिस सेन्टरमार्फत् सेवा प्रदान गरिरहेको छ ।