शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न तयार रहेको अफगानिस्तानका गृहमन्त्रीको घोषणा

3.5k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

संक्रमणकालीन सरकारका लागि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले बताएका छन् । एक रेकर्डेड वक्तव्यमा उनले भनेका छन्, ‘अफगानी जनताले चिन्ता लिनुपर्दैन, शहरमा कुनै आक्रमण हुने छैन र संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण हुनेछ । ’

तालिबानले आफ्ना लडाकूलाई काबुलको गेटमा नै रोकेको वक्तव्य जारी गरेसँगै गृहमन्त्री मिर्जाक्जवालले यस्तो बताएका हुन् ।

तालिबानले राजधानी शहर काबुललाई चारैतिरबाट घेरेको तर आफूहरुले युद्ध नचाहेको बताएको छ । अहिले तालिबान र सरकारी अधिकारीहरुबीच वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । एजेन्सी