टेलिकमको आय ३५ अर्ब ९० करोड

846
Shares

काठमाडौँ, नेस ।

नेपाल टेलिकमको आय १ अर्ब २८ करोड ३७ लाख ६९ हजार अर्थात् ३ दशमलव ७० प्रतिशतले वृद्धि भई ३५ अर्ब ९० करोड ३७ लाख ३३ हजार रुपियाँ पुगेको छ । गत आवको चौथो त्रयमासिक अवधिमा कुल सेवा वापतको आय ७ अर्ब ७८ करोड ३३ लाख २० हजार रहेकोमा चालू आवको सोही अवधिमा ६६ करोड ९० लाख ६० हजार ९८ दशमलव ६० प्रतिशतले वृद्धि भई ८ अर्ब ४५ करोड २३ लाख ८० हजार रुपियाँ रहेको छ ।

त्यस्तै गत आवको चौथो त्रयमासिकसम्मको खुद मुनाफा ९ अर्ब ७४ करोड ८९ लाख ५६ हजार रहेकोमा चालू आवको सोही अवधिमा खुद मुनाफा ७ अर्ब ४५ करोड ४० लाख ८५ हजार रहेको छ । चालू आवमा नाफामा कमी आउनुमा महामारीका कारण विश्वव्यापीरुपमा व्यापार व्यवसायमा आएको कमी प्रमुख रहेको छ । बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने ब्याजदर अघिल्लो वर्षको तुलनामा चालू आवमा घट्न गएको हुँदा ब्याज आम्दानीमा कमी आउनुलगायत रहेको छ ।