काँग्रेस अधिवेशन : गाउँ-नगर अधिवेशनमा क्रियाशिल सदस्यले मतदान गर्न नपाउने

पदावधी समाप्त भएका भातृसंगठनहरुको म्याद ६ महिना थप

7.4k
Shares

रामकृष्ण चापागाईं, काठमाडौं ।

नेपाली काँग्रेसले गाउपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अधिवेशनमा क्रियाशिल सदस्यहरुले मतदान गर्न नपाउने गरि विधान संशोधन गरेको छ । संशोधित विधान आउदो अधिवेशनबाट अनुमोदन गरिने भएको छ ।

हिजो सम्पन्न काग्रेस केन्द्रिय समिति बैठकले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनीक गर्दै पार्टीको १४ औं महाधिवेशनका लागि गाउँ/नगर/उपमहानगर र महानगरपालिका कार्यसमितिको प्रतिनिधि हुने व्यवस्था गर्न विधान संशोधन गरेको हो ।

बैठकले विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः “गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण नेपाली कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर/उपमहानगर/महानगरपालिका क्षेत्र भित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य” भनिएकोमा “गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि” भनी संशोधन गर्ने निर्णय गरेको काग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले बताउनु भएको छ ।

गाउ/ नगर अधिवेशनको निर्वाचनमा मतदाता वडा सभापति र क्षेत्रीय सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने भएपनि सभापति बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने व्यवस्था गरिएको छ ।

हिजो सार्वजनीक गरिएको महाधिवेशन नयाँ कार्यतालिका अनुसार वडा अधिवेशन भाद्र १८, गाउ/नगरपालिका अधिवेशन भाद्र २७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते गरने भएको छ । कार्यतालिका अनुसार प्रदेश अधिवेशन कात्र्तिक १०, ११ र १२ गते र केन्द्रिय महाधिवेशन मंसिर ९, १०, ११, १२ र १३ गते काठमाडौंमा गरिने भएको छ ।

विधान संशोधन गर्दै काग्रेस बैठकले अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वका सन्दर्भमा पनि विधान र नियमावलीमा गरिएको पालिकाका क्रियाशील सदस्यहरुले निर्वाचित गर्ने भनी उल्लेखित गरिएका पदहरुको निर्वाचन वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गर्ने निर्णय गरेको छ ।

क्रियाशिल सदस्यता विवादका कारण यस अघि भदौ १६–१९ मा महाधिवेशन गर्ने गरि ल्याइएको कार्यतालिका प्रभावित भएको थियो । तीन दिन सम्म बसेको कबैठकलेन्द्रीय समिति क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले प्रस्तुत गर्नु भएको प्रतिवेदने पारित गर्दै उक्त प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी रहेका कार्य पुरा गर्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकले भाद्र २ गते भित्र सहमतिमा टुङ्गो लगाई भाद्र ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको छ ।

बैठकले पार्टीका उपसभापति एवं अन्य राजनीतिक दल समायोजन समितिका संयोजक विमलेन्द्र निधिले प्रस्तुत गर्नु भएको प्रतिवेदन पनि पारित गरेको छ । निर्वाचन निर्देशिकाको संम्बन्धमा केन्द्रीय कार्यसमितिको बैठकबाट प्राप्त सुझावलाई समेत ध्यानमा राखी निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले भाद्र १ गते सहमतिमा टुङ्गो लगाई भाद्र २ गतेभित्र सभापतिलाई बुझाउने गरी निर्वाचन निर्देशिका पनि बैठकबाट पापिरत भएको गरेको छ।

काग्रेस केन्द्रिय समिति बैठकले म्याद समाप्त भएका पार्टी आवद्ध भ्रातृ संघहरु— नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको विधान र नियमावली अनुसारको आवश्यक प्रक्रिया पुर्‍याई क्रियाशील सदस्यताको नामावलीको सूची, सदस्यता शुल्क, सहयोग रकम (लेवी), कार्यसमितिको निर्णय प्रतिलिपी लगायत आवश्यक विवरण बुझाएका नेपाली जनसम्पर्क समिति भारत, दक्षिण कोरिया, पोल्याण्ड, नर्वे, मकाउको क्रियाशील सदस्यता स्वीकृत गर्ने निर्णय गरेको छ भने नेपाली जनसम्पर्क समिति हङकङको क्रियाशील सदस्यता यस अघि नै स्वीकृत गरी पठाइएकोमा त्यसलाई अनुमोदन गरेको छ । ‘नेपाली जनसम्पर्क समितिको सदस्यको सदस्यता शुल्क’ नेपाली कांग्रेसको क्रियाशील सदस्यता शुल्क सरह हुनेछ पनि व्यवस्था गरेको छ ।