अन्तरिक्ष यात्रीका लागि पिज्जा पठाइयो


केप क्यानभरल, (एजेन्सी) ।

नर्थेप गु्रम्मनको पछिल्लो स्पेस स्टेसन डेलिभरि गरिएका सामानमा सात जना अन्तरिक्ष यात्रीका लागि पिज्जा पनि संलग्न गरिएको छ । यस कम्पनीको सिग्नस कार्गो जहाज मंगलबार भर्जिनियाको पूर्वीय समुद्री तटबाट प्रक्षेपण गरिएको थियो । यो जहाज बिहीबार इन्टरनेसनल स्पेस स्टेसन पुग्ने बताइएको छ ।

तीन हजार सात सय किलोग्रामको सिपमेनटमा ताजा स्याउ, गोलभेडा, किवी, एउटा पिज्जा किट र चिज स्मोगाृस्बोर्ड समेत रहेका छन् । साथमा आगामी वर्ष अर्विटिङ ल्याब सञ्चालन गर्न आवश्यक नयाँ सोलार पखेटाका लागि एउटा माउन्टिङ ब्राकेट पनि पठाइएको छ । यो उपकरण चन्द्रमाको धूलो र माटो सिमुलेटिङ गर्नसमेत आवश्यक छ ।

‘ब्लोब’ नामक फ्रेन्च शैक्षिक प्रयोग र भविष्यमा भू–उपग्रहहरू पत्ता लगाउन प्रयोग हुने प्रोटोटाइप जस्तो एउटा इन्फ्रारेड डिटेक्टिङ डिभाइसका लागि स्पेस स्टेसनको थ्रीडी प्रिन्टरबाट स्लाइम मोलड बनाउन पनि चन्द्रमाको धुलो र माटोको डल्लो चाहिन्छ । नोथ्रोप ग्रुम्मनले यो समेत १६औं पटक नासाका लागि अन्तरिक्षतर्फ सामान ढुवानी गरेको हो ।