रुसी निणर्यप्रति बीबीसी आक्रोशित


लन्डन, (एजेन्सी) ।

बीबीसीले आफ्ना एक पत्रकारको भिसा नवीकरण नर्गन रसियाले गरेको निर्णयप्रति घोर आपत्ति जनाउँदै यस घटनालाई ‘सञ्चार स्वतन्त्रतामाथिको प्रत्यक्ष दमन’ को संज्ञा दिएको छ । बीबीसीले रुसी अधिकारीहरूलाई हाल रुसी राजधानी मस्कोमा रहेकी महिला पत्रकार साराह रेन्सफोर्डको निष्कासनमाथि पुनर्विचार गर्न आग्रह गरेको छ ।

तर, रुसी सञ्चारमाध्यमले यही महिनाको उत्तराद्र्धमा आफ्नो प्रवेशाज्ञाको म्याद सकिनासाथ रेन्सफोर्डले देश छोड्नुपर्ने बताएको छ । संयुक्त अधिराज्यले रुसी पत्रकारहरूलाई भिसा दिन अस्वीकार गरेको प्रत्युत्तरमा रसियाले यो कदम उठाएको बताइएको छ ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले टेलेग्राममा पोस्ट गर्दै पटक–पटक रुसी पत्रकारको भिसा प्रकरणको सही जवाफ फर्काइने चेतावनी दिएकी थिइन् । बीबीसीले रुसले कुटनीतिको सम्पूर्ण सीमा पार गरेको आरोपसमेत लगाएको छ ।