प्रतिष्ठित अमेरिकी भवन भारतीय ध्वजाको प्रकाशबाट सिँंगारिने



इन्डिया न्युज नेटवर्क ।

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा अमेरिकाको म्यानह्याटनस्थित अन्तर्राष्ट्रिय व्यापारिक भवनलगायत अन्य दुई भवन भारतीय ध्वजको प्रकाशबाट सुसज्जित हुनेछ ।

अमेरिकी भारतीय समुदायबाट सञ्चालित गैरनाफा मुलक संगठनले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिए अनुसार दक्षिण एसियाली र डर्सट संगठन मिलेर भवन प्रकाशमय बनाउने कार्य गरिरहेको छ । यसका साथै ब्रायन्ट पार्क र वान फाइब वानस्थित अन्य डर्सट प्रतिष्ठान पनि भारतीय ध्वजाको रंगमा प्रकाशमय बनाइनेछ ।

न्युयोर्क समयानुसार सूर्यास्त भएपछि अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र, ब्रायन्ट पार्क र मध्यशहरस्थित वान फाइब वान प्रतिष्ठान बिहान २ बजेसम्म प्रकाशमय बनाइनेछ ।

डर्सट प्रतिष्ठानका मार्क डोमिनोले यस सन्दर्भमा भनेका छन् हामी– ‘दक्षिण एसियाली संगठनसँग मिलेर भारतीय स्वतन्त्रता दिवस मनाउन गइरहेका छौं ।’ यसो गर्न पाउँदा हामी निकै गौरवान्वित महसुस गरिरहेका छौं ।

दक्षिण अमेरिकी संगठनले भारतीय अमेरिकी समुदायका लागि नागरिकस्तरमा निकै महत्वपूर्ण कार्य गर्दै आएको छ ।

एसएईएफका संस्थापक राहुल वालियाले भनेकी छन्– ‘यो दिन भारतको स्वतन्त्रताको सम्झना गर्ने ऐतिहासिक क्षण हो र सबैभन्दा महत्वपूर्ण कुरा अमेरिका र भारतको बीचमा प्रेमको अभिव्यक्ति हो । हामी परम्परा जारी राख्नेछौं र बढीभन्दा बढी नागरिक संलग्नता बढाउन मञ्चमा विभिन्न चित्रण पनि गर्नेछौं ।

दक्षिण एसियाली संगठनकी निर्देशक आरती वालिया ले भनिन्– ‘यस ऐतिहासिक दिनका लागि डर्सट प्रतिष्ठानसँग मिलेर काम गर्न पाउँदा निकै खुसी लागेको छ । तिनले सपनालाई वास्तविकताको रूप दिएका छन् ।’

संयुक्त राज्य अमेरिकाको विविध संस्कृतिप्रति जागरुकता फैलाउन एसएईएफले नोभेम्बर महिनामा दिवाली पनि मनाउने भएको छ । उनीहरू यसलाई अगाडि बढ्दै जाने परम्परा बनाउन चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्