शनिबार काठमाडौंमा ५३५ जनामा कोरानो संक्रमण पुष्टि

840
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घन्टामा काठमाडौं थप ५३५ जनामा कोरानो संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै काठमाडौं उपत्यकामा ७९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा २६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभरका विभिन्न प्रयोगशालामा ८६६७ एन्टिजेन परीक्षणमा १९४७ र ४९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै शनिबार कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १३२० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।