महानगर प्रमुख शाक्यद्वारा ५१ औँ पटक रक्तदान

350
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ५१ औँ पटक रक्तदान गर्नुभएको छ । आज वडा २१ लगन नाय्पाचोमा रहेको श्री गणेश युवा क्लव आयोजना गरेको कार्यक्रममा उहाँले रक्तदान गर्नुभएको हो । उहाँसँगै अमरगढी नगरका प्रमुख विश्वेश्वरप्रसाद ओझा ‘विपिन’ ले पनि रगत दान गर्नुभयो ।

उहाँ काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध स्थापनाका लागि काठमाडौँ आउनुभएको हो । रगतको विकल्प रगत नै हो । यसको आवश्यकता परेका विरामीलाई रगत नै चाहिन्छ । यदि रगत भएन भने व्यक्तिको ज्यान नै जान्छ ।

रक्तदानपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले भन्नुभयो, ‘महामारीबा बेला अरु काम हुन नसके पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर रक्तदान कार्यक्रम नियमित गर्नुपर्छ । यसले विरामीलाई जीवन दिन्छ ।’

सुदुरपश्चिमको डडेल्धुरा नगरबाट काठमाडौँ आएर नागरिक तहको कार्यक्रममा सहभागी हुन पाउँदा अन्तरनगर नागरिक सम्बन्ध पनि सुरु महसुस भएको छ । रक्तदानपछि अमरगढी नगरका प्रमुख ओझाले, भगिनी सम्बन्धको लाभका विषयमा चर्चा गर्नुभयो ।