भेनेजुएला सरकार र विपक्षीबीच मेक्सिकोमा वार्ता शुरु



(From L to R) The president of the Venezuelan National Assembly, Jorge Rodriguez, Mexican Foreign Minister Marcelo Ebrard, the Director at NOREF Norwegian Centre for Conflict Resolution, Dag Nylander and the head of the Venezuelan opposition delegation, Gerardo Blyde Perez, hold signed documents during the launch of negotiations between the Venezuelan government an opposition, at the National Museum of Anthropology in Mexico City on August 13, 2021. – Venezuela’s government and opposition launched negotiations on Friday in Mexico that were expected to focus on sanctions and elections to try to end a crippling political and economic crisis. (Photo by CLAUDIO CRUZ / AFP)

मेक्सिको ।

भेनेजुएलाको सरकार पक्षका प्रतिनिधि र विपक्षीका प्रतिनिधिबीच मेक्सिकोमा शान्ति वार्ता शुरु भएको छ । भेनेजुएलामा विगत लामो समयदेखि विपक्षीको हिंसात्मक प्रदर्शन तथा व्यापक मात्रामा विरोध जारी रहेकाले समाधान गर्न वार्ता शुरु भएको हो ।

सरकारका विरुद्धमा जारी रहेको सो विरोधका कारण यहाँको आर्थिक तथा सामाजिक अवस्था नै तहसनहस भएको बताइएको छ । त्यसैले यहाँको राजनीतिक तथा आर्थिक सङ्कटको अवस्थाको अन्त्यका लागि सो वार्ता शुरु भएको अधिकारीले जानकारी दिएका छन् । सो वार्तामा पछिल्लो समयमा सरकारका विरुद्धको सङ्घर्षका विषयमा सहमति खोज्ने बारेमा कुराकानी हुने बताइएको छ ।

यसका लागि यहाँ आमनिर्वाचनका विषयमा पनि सहमतिको प्रयास हुने बताइएको छ । यसअघि सन् २०१८ मा पनि यहाँको सरकार र विपक्षीबीच डोमिनिक रिपब्लिकमा वार्ता भएको थियो । त्यस वार्ताका क्रममा भने कुनै सहमति हुनसकेको थिएन ।

खासगरी भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र यहाँका विपक्षी दलका नेता जुआन गुएइदोबीच सहमति हुन नसकेको बताइएको थियो । सो वार्ताका क्रममा भेनेजुएलाको नाकाबन्दीको विषयमा पनि छलफल हुने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्