‘युवालाई उद्यमशीलतातर्फ उन्मुख गराउनुपर्छ’

980
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी परिवार नियोजन संघ काभ्रे शाखाले ‘खाद्य प्रणालीमा रुपान्तरण मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने नाराका साथ युवाहरु बीच हाजिरिजवाफ, चित्रकला प्रतियोगिता र सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।

शाखा सभापति शुभराज जोशीले परिवार नियोजन संघले परिवारको ब्यवस्थित योजना सहितको बन्ध्याकरणका साथै अन्य स्वास्थ्य सेवा उपलब्ध गराउँदै युवाहरुलाई सचेतीकरण, सामाजिक उत्तरदायित्व बहनका लागि सामाजिक कार्यमा सहभागि गराउँदै आएको बताउनु भयो ।

विश्वभर भईरहेका परिवर्तनमा युवाहरुको भूमिका र सहभागिताका बारेमा युवाहरुलाई विभिन्न माध्यमबाट जानकारी गराउने अभियानमा परिवार नियोजन संघले निरन्तर कार्य गरिरहेको सभापति शुभराज जोशीले बताउनु भयो । नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले युवाहरुलाई उद्यमशिलता तर्फ उन्मुख गराउन सरकारले लिएको विना धितो ऋणलाई सदुपयोग गर्नु पर्ने बताउनु भयो ।

‘युवाहरुलाई अगाडी बढाउन उद्यमशिलतामा जोडिनु आवश्यक छ’–केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले भन्नुभयो–‘अध्ययनसँगै सामाजिक क्षेत्रमा सहभागि गराउँदै देश विकासमा सक्रिय बनाउनु पर्छ ।’ युवाहरु मुलुक निर्माण र परिवर्तनको संवाहक भएकाले राजनीतिमा सक्रिय हुन आवश्यक रहेको केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले बताउनु भयो । खाद्य प्रणालीमा युवाहरुको ब्यवस्थापकिय जिम्मेवारीलाई ब्यवहारिक रुपमै प्रयोग गर्नु पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ केन्द्रिय कार्यालयकी कार्यक्रम संयोजक अनु विष्टले परिवार नियोजन संघले देशका विभिन्न स्थानमा युवाहरुलाई यौन तथा प्रजननसँग सम्वन्धित विषयमा मात्रै नभई उमेर अनुसारको परिवर्तनमा आउने सक्ने दायित्व र जिम्मेवारीबोधलाई समेत जानकारी गराउँदै आएको बताउनु भयो ।

युवाहरु परिवर्तनका लागि आतुर हुने भएकाले कर्तब्यसँगै जिम्मेवारीका बारेमा जानकारी गराउन सकिएको अवस्थामा सहि मार्गमा लाग्ने उहाँले बताउनु भयो । पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजलेले युवाहरु सहि मार्गमा लाग्न सके मात्रै मुलुक समृद्ध हुने बताउनु भयो । शिक्षा प्राप्त गर्ने तर त्यसबाट ज्ञान हासिल गर्न नसक्दासम्म युवाहरुले सहि मार्ग पक्रन नसक्ने बताउनु भयो ।

खानपान, रहनसहनमा विशेष ध्यान दिन अनुरोध गर्दै तौजलेलले योग र साधनाबाट ब्यक्तिको मनलाई तनावरहित बनाउन सकिने बताउनु भयो । ‘पछिल्लो समय खान नपाएर भन्दा धेरै खाएर ब्यक्तिहरुको निधन हुने गरेकाले खानपानमा ध्यान दिन अनुरोध गर्दछु’–पतञ्जली योग समितिका अध्यक्ष ग्रुवेन तौजलेले भन्नुभयो–‘युवाहरुले खाने जंक फुड तथा रहनसहनलाई ब्यवस्थित गर्न नसकेका कारण नैराश्यता हुने र आत्महत्या बढ्न पुगेको छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तनमान अध्यक्ष मोतीराम तिमल्सिनाले खाद्य अधिकारसँगै त्यसको सहि सदुपयोगमा जोड दिनु पर्ने बताउनु भयो । कोभिड १९ तथा अन्य विपत्तिमा युवाहरुको सक्रियता बढाउन आवश्यक तयारी, सामाजिक सोच बढाउँदै युवाहरुलाई निराशा भन्दा आशा र भरोसा तर्फ उन्मुख गराउनु पर्ने बताउनु भयो ।

‘युवाहरुमा नैराश्यता बढ्न थालेको छ’–तिमल्सिनाले भन्नुभयो–‘नैराश्यता कम गरी सामाजिक उत्तरदायित्व र समाज प्रतिको कर्तब्यलाई बोध गराउन परिवारबाटै चेतना दिन शुरु गर्नु पर्छ ।’ परिवार नियोजन संघ काभ्रे शाखाका सदस्य प्रकाश कायश्थले युवाहरुको भावना सामाजिक कार्य तर्फ उन्मुख हुनु पर्ने बताउनु भयो । अरुले के गर्छ वा गर्दैछ भन्दा पनि आफु केहि गर्छु र समाजका लागि योगदान पु¥याउँछु भन्ने सोचको विकास गर्न युवाहरुले कन्जुस्याई गर्न नहुने कायश्थको भनाई थियो ।

युवा सञ्जिव न्यौपानेले युवाहरुलाई नेतृत्व तहमा पु¥याउन र युवाहरुका भावना समेटन सबै पक्ष तयार हुनु पर्ने बताउनु भयो । युवा सदस्य अञ्जना प्रधानले युवाहरुको सोचाईलाई सहि स्थानमा प्रयोग गर्न दिने बातावरण बनाउन अनुरोध गर्नु भयो ।
कार्यक्रममा विभिन्न सघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । प्रवन्धक रमेश श्रेष्ठका अनुसार सोहि अवसरमा हाजिरिजवाफ प्रतियोगितामा भाग लिई प्रथम हुनेहरुलाई नगद सहितको पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा युवा सदस्यद्धय सविता अधिकारी र सुदिप बर्ताेलाले युवाहरुले प्रण नभई प्रयत्न गर्नु पर्नेमा जोड दिएका थिए ।