महाबौद्धको १६ हाते गणेश, महाङ्काल भैरव र शनिदेव मन्दिर पुननिर्माण सम्पन्न

1.6k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

महानगरको वडा २७ महाबौद्धमा रहेको १६ हाते गणेश, महाङ्काल भैरव र शनिदेवको मन्दिर पुननिर्माण सम्पन्न भएको छ । आज महानगरका प्रमुख विद्यासुन्दर शाक्यले मन्दिरको उद्घाटन गर्नुभयो । वडाको करीव १० लाख रुपैयाँ लागतमा गरिएको पुननिर्माणमा स्थानीय मित्र युवा क्लव, मिसा पुच र टोल सुधार समितिले सहयोग गरेका थिए ।

उद्घाटनपछिको संक्षिप्त प्रतिक्रियामा महानगरका प्रमुख शाक्यले, सम्पदा पुननिर्माणसँगै सन्तुलित सहरी विकासका सबै पक्षमा महानगरले उत्तिकै जोड दिएर कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

पैसाको अभावमा अमूर्त सम्पदासँग सम्बन्धित कुनै पनि क्रियाकलाप नरोकिउन भनेर महानगरले परम्परागत गुठीहरुलाई १÷१ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेका छौँ । यसबाट जीवन्त सांस्कृतिक सहर निर्माणमा सहयोग पुग्ने हाम्रो अपेक्षा हो । शाक्यको भनाइ थियो ।

यो मन्दिरसँग सम्बन्धित सांस्कृतिक र पुरातात्विक सम्बन्ध खोज्दैछौँ । मन्दिरको महत्वका विषयमा जानकारी दिँदै वडाध्यक्ष चिनियाँमान बज्राचार्यले, यस अघि सडकमा भएको मन्दिर व्यवस्थित गरेर किनारामा स्थापना गरिएको बताउनुभयो । उद्घाटन अवसरमा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा २७ का वडा सदस्यहरु तथा स्थानीयहरुको सहभागिता थियो ।