स्याल ठानेर भरुवा बन्दुक पड्काउदा आफ्नै छोराको मृत्यु



न्युज अफ नेपाल,पाल्पा ।

पाल्पामा स्याल ठानेर भरुवा बन्दुक पड्काउदा आफ्नै छोरालाई लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सुक्रवार वेलुका स्याललाई मार्ने क्रममा वावुले हानेको वन्दुकको छर्रा लागेर छोराको मृत्यु भएको हो ।

रिब्दीकोट गाउँपालिका–६, तल्लो ताल बस्ने ५६ वर्षका कर्णबहादुर लम्तरीले घर नजिकैको बारीमा आएको स्याललाई मार्ने क्रममा एक्कासी भरुवा बन्दुकको छर्राले छोराको छाउकोमा लागेर आफ्नै ३५ वर्षका छोरा धनबहादुरको मृत्यु भएको हो ।

प्रहरीका अनुसार शुक्रबार वेलुका ६ बजेतिर घरदेखि १०० मीटर परको जङ्गलमा स्याल मार्ने क्रममा बन्दुकको गोली छोराको टाउकोमा लागेर छोराको मृत्यु भएको हो ।

प्रहरीले बुवा कर्णबहादुर र घटनामा प्रयोग भएको बन्दुक नियन्त्रणमा लिएर अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्