जडीबुटी संकलन गर्न गएका दुई जना खोला तर्ने क्रममा बेपत्ता



न्युज अफ नेपाल, हुम्ला । 

काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल रहेको जानकारी प्राप्त भएको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएको जनाइएको छ । उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी संकलन गर्न जानेक्रममा बुधबार साँझदेखि बेपत्ता भएको स्थानीयवासी तारा रावलले जानकारी दिए । हराइरहेकाहरुको खोजी जारी रहेको उनले बताए ।

जडीबुटी संकलनका लागि थाली गाउँका करिब ३० जना गएको बताइएको छ । हुम्लासहित बाजुरा, मुगु, बझाङलगायत नागरिक यस याममा जडीबुटी संकलन गर्न पाटनतिर जाने गर्दछन् ।

कर्णाली नदीमा खसेका दुई जनाको खोजीका लागी मैला कवाडी र खार्पु प्रहरी चौकीको टोलीलाई खोजीका लागी परिचालन गरीएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्बा शर्माले जानकारी दिए । यस्तै जिल्ला प्रहरी कार्यालयबाट पनि उनिहरुको खोजीका लागी प्रहरी परिचालन गरीएको शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्