झरीमा प्रदीप र सरिताको रोमान्स

2.26k
Shares

गीतकार डब्बु क्षत्रीले झरीसम्बन्धी नयाँ गीत असारै मास (झरी) सार्वजनिक गरेकी छिन्। गीतको भिडिया बुढासुब्बा डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको छ। सात वर्षअघि झरीसम्बन्धी गीति संग्रह झरी ल्याएका गीतकार क्षत्रीको यो झरीको नयाँ शृंखला हो।

गीत भोगटे गीतबाट हिट भएका गायक अलिफ खान र गायिका सरीता भारतीले गाएका छन्। अलिफ र सरिताले लुडो र तास गीतपछि दोश्रोपटक यो गीत गाएका हुन्। गीतमा राजेन्द्र बजगाईंको संगीत र संगीत संयोजन रहेको छ। लोकभाकाको गीतको म्युजिक भिडियोमा अभिनेता प्रदीप बास्तोला र गायिका सरिता भारतीले अनस्क्रिन रोमान्स गरेका छन्। म्युजिक भिडियो गीतकार क्षत्रीले नै निर्देशन गरेका छन् भने सुवास बुढाथोकीले कोरियोग्राफी गरेका छन्। छायांकन टंक केसी र सम्पादन सुरेश कुमार राउतको रहेको छ।