कंगनाको रिल्याक्स

224
Shares

बलिउड अभिनेत्री कंगना रनावत सामाजिक सञ्जाल ट्विटरमा सस्पेन्ड भएपछि पछिल्लो समय सामाजिक इन्स्टाग्राममा निकै सक्रिय हुन थालेकी छिन्।

कंगना बेलाबेलामा आफ्नो तस्वीरहरू इन्स्टाग्राममा पोस्ट गरेर आफ्ना प्mयानहरूलाई आफ्नो काम बारे जानकारी दिइरहन्छिन्। कंगनाले हालै इन्स्टाग्राममा केही फोटो सेयर गरिन्। सेयर गरेका फोटोमध्ये एक टपलेस फोटो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

उक्त फोटोमा कंगना बाथटबमा टपलेस भएर आनन्दसँग बसिरहेको देखिन्छिन् भने नजिकै मदिराले भरिएका बोतल पनि देखिएको छ। भर्खरै मात्र फिल्म धडकको शुटिङ सकाएकी कंगनाले क्याप्सनमा शुटिङ सकाएर रिल्याक्स गर्दै लेखेकी छिन्। उक्त फोटो सामाजिक सञ्जालमा आउनेबित्तिकै तीव्ररूपमा भाइरल भएको छ। फिल्म धडकपछि कंगनाको हातमा रिलिज हुन तयारी थुप्रै फिल्महरू छन्। जसमा थलाइवी, मणिकर्णिका रिर्टन्स, द लिजेन्ड अफ द्धिदा, तेजशजस्ता फिल्महरू छन्।