८४ करोडभन्दा बढी बजेट फ्रिज

752
Shares

विनोदसिंह विष्ट, बैतडी ।

गत आर्थिक वर्षमा बैतडी जिल्लामा विनियोजित बजेटमध्ये ८४ करोड रुपियाँभन्दा बढी फ्रिज भएको छ । प्रदेश सरकार मातहतका कार्यालयको ४० करोड ६२ लाख ४० हजार ९८९ र संघीय सरकार मातहतका कार्यालयको ४४ करोड ८३ लाख २ हजार १६३ रुपियाँ फ्रिज भएको जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भानदेव भट्टले जानकारी दिनुभयो ।

प्रदेश सरकार मातहतका कार्यालको कुल बजेट ३ अर्ब ३० करोड २४ लाख ७६ हजार ८४० मध्ये २ अर्ब ८९ करोड ६२ लाख ३५ हजार ८५१ रुपियाँ खर्च भएको छ । जसमध्ये ४० करोड ६२ लाख ४० हजार ९८९ रुपियाँ फ्रिज गएको हो । यस्तै संघीय सरकार मातहतका कार्यालयको कुल बजेट ६ अर्ब ५३ करोड ६९ लाख २३ हजार ३६८ रुपियाँमध्ये ६ अर्ब ८ करोड ८६ लाख २१ हजार २०५ रुपियाँ खर्च भएको छ । लकडाउनका कारण योजनाहरूको काम पूरा नभएकाले उक्त बजेट फ्रिज गएको हो ।

यसैबीच बैतडीमा ४१ करोड १४ लाख ९६ हजार ५४ रुपियाँ राजस्व संकलन भएको छ । प्रदेश मातहतका कार्यालयले १ करोड ८१ लाख ५२ हजार २१ रुपियाँर संघ मातहतका कार्यालयले ३९ करोड ३३ लाख ४४ हजार ३३ रुपियाँ राजस्व संकलन गरेका हुन् ।