६ लेनको सडकखण्डमा मास्क वितरण



महेन्द्रनगर, (नेस) ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नम्बर १२ स्थित महाकाली ६ लेन सडक क्षेत्रमा मास्क वितरण गरेको छ । नगरपालिकाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सचेतनामूलक कार्यक्रमसहित मास्क वितरण गरेको हो ।

पछिल्लो समय भाइरल रोडका रूपमा परिचित हुँदै गएको महाकाली ६ लेन सडक आन्तरिक पर्यटको रोजाइ परेको छ । त्यस क्षेत्रमा दिनहुँ भीड बढ्दै जान थालेपछि कोरोना संक्रमणको जोखिम पनि बढेकाले नगरपालिकाले मास्क वितरण गरेको नगर प्रमुुख सुरेन्द्र विष्टले बताउनुभयो । कोरोना संक्रमणबाट मास्क अनिवार्य भएकाले सबैलाई अनिवार्यरूपमा मास्क प्रयोग गर्न आग्रहसमेत गरेको उहाँले बताउनुभयो ।

त्यस्तै, मास्क वितरण कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे, जिल्लाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी, कञ्चनपुरका सशस्त्र प्रहरी प्रमुखलगायको उपस्थिति रहेको थियो । त्यस्तै, कार्यमा वडा प्रहरी, जनचेतना क्लबका टिम पनि सहभागी थिए ।

भीमदत्त नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि छुट्टै संयन्त्र तयार गरी सक्रियरूपमा काम गरिरहेको छ । नगरपालिकाले सीमा नाका गड्डाचौकीमा होल्टिङ सेन्टर निर्माणसहित नाकालाई व्यवस्थित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्