दुर्घटनाबाट बच्यो सीता एयर



हुम्ला, (नेस) ।

सिमकोट विमानस्थलको पार्किङस्थलमा जाने क्रममा विमानको टायर पन्चर भए पनि ठूलो दुर्घटनाबाट बचेको छ । सीता एयरको ट्विनअटर विमान बुधाबार दिउँसो सवा ५ बजे अवतरणका क्रममा दुर्घटना बचेको हो ।

नागरिक उड्डयन प्राधिकरण कार्यालय हुम्लाका प्रमुख मोहन गिरीका अनुसार अवतरण गरिसकेको जहाज धावनमार्ग टपमा फर्केर पार्किङस्थलमा जाने क्रममा क्रममा टायर पन्चर भएको थियो । जहाजलाई विमास्थलका कर्मचार, प्रहरी, सीता एयरका कर्मचारीलगायको सहयोगमा पार्किङस्थलमा पुर्‍याएको हुम्लाका प्रमुख गिरीले जानकारी दिनुभयो ।

युक्त विमान सुर्खेतबाट चालक दलका दुई सदस्यसहित काग्रो च्याटर लिएर सिमकोट आएको थियो । विमान अवतरणको क्रममा टायर पन्चर भए पनि पाइलटको चलाखीले ठूलो क्षति हुनबाट जोगिएको उहााले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्