चीनको गोप्य निर्णयपछि भारत र अमेरिकामा आर्थिक प्रवाह वृद्धि


इन्डिया न्युज नेटवर्क ।

संसारको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था भनेर चिनिने चीनको नियामक गोप्य निर्णयका कारण बजारमा सन्त्रास पैदा भएको छ । जसका कारण भारत, संयुक्त राज्य अमेरिका र अन्य उदीयमान बजारहरूमा आर्थिक प्रवाह बढेको छ । अनुभवी लगानीकर्ता मार्क मोबियसले यसबारे स्पष्ट पारेका छन् ।

उदीयमान बजार कोष प्रबन्धक र मोबियस क्यापिटल पार्टनर्सका संस्थापक मोबियसले अन्तर्राष्ट्रिय सञ्चार निकाय रोयटर्स ग्लोबल मार्केट्स फोरमलाई भनेका छन्– ‘आधा रकम बाहिरिएको छ, तर यो अस्थायी हो, यो धेरै समयसम्म टिक्ने छैन ।

हाम्रो संस्था भारतमा धेरै केन्द्रित रहेको छ । साथै हामी चिकित्सा परीक्षणदेखि औद्योगिक उपकरण सम्मका क्षेत्रहरूमा आशावादी रहेका छौं । यो भारतमा रहेको एक धेरै व्यापक क्षेत्र हो । यस क्षेत्रमा धेरै अवसर छन् । ‘मोबियसका अनुसार चीनको कारबाहीको प्रभाव अस्थायी हुनेछ, र एकाधिकारवादी प्रवृत्ति रोक्दै साना र मध्यम आकारका उद्यमहरू (एसएमई) फस्टाउन सक्षम हुनेछन् ।

गतसाता उनले जीएमएफलाई दिएको अन्तर्वार्तामा उल्लेख गरेअनुसार चीनको नियामक कारबाहीका कारण केही समयका लागि चीन विदेशी लगानीकर्ताहरूका लागि उचित गन्तव्य स्थल बन्न नसक्ला तर स्थायी समयका लागि भने चीन एक आकर्षक गन्तव्य स्थल बन्न सक्दछ ।

चीनमा मोबियसको कम्पनीले चिकित्सा उपकरण निर्माण, स्वास्थ्य सेवा, उच्चस्तरीय शिक्षा कम्पनीहरू, उपभोक्ता उत्पादनहरू र फास्ट फुडमा लगानी गरेका छन् । हाल यी व्यापार चीनको कार्यवाहीबाट प्रभावित भएका छैनन् ।

हालको मूल्य सुधारलाई ध्यानमा राखी उनले केही स्टक किन्ने सोचमा रहेको बताएका छन् । विशेषतः उनी एसएमई को स्टक खरिद गर्न चाहन्छन् । उनले भनेका छन्, “हामी आज जहाँ छौं, ठीक छौं ।

सरकारको यो हस्तक्षेपपछि चीनमा अब नयाँ अवसरहरू छन् ।