तपाईको मास्क खै ?



न्युज अफ नेपाल, काभ्रे ।

तपाईको मास्क खै भन्दै तेस्रो दिन पनौतीमा अभियान चलाइएको छ । प्रहरीको सक्रिय सहभागितामा सञ्चालित यो अभियानमा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने सहित जनप्रतिनिधिहरुले पनि सहयोग गरेका छन् ।

नेपाल भरी सञ्चालित यो अभियान अन्तर्गत काभ्रेमा पहिलो दिन धुलिखेल र दोस्रो दिन बनेपामा मास्क वितरण गरिएको थियो । विहिवार पनौती नगरका साथै पाचखाल नगरमा पनि यो अभियान सञ्चालन गरिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले सयुक्त रुपमा सञ्चालन गरिरहेको तपाईको मास्क खै अभियानमा मास्क नलाउने हरुलाई मास्क वितरण पनि गरिएको छ ।

‘यो अभियानमा घुम्दा धेरैजसोले मास्क लगाएको पायौं’ पनौती नगर प्रमुख भीम न्यौपानेले भन्नुभयो– मास्क नलगाउनेलाई मास्क लगाउन प्रेरित गर्दै आफु पनि बचौ र अरुलाई पनि बचाउ भन्ने शन्देश दिएका छौं । ‘गाडीमा यात्र गर्ने धेरैले मास्क नलगाएका रहेछन’ इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोईरालाले भन्नुभयो– चालक सहचालक सहित यात्रुहरुलाई पनि मास्क लगाउन उत्प्ररणा जगाएकाा छौं ।

विश्वनै कोरनाको माहामारीमा फसेको बेला हाम्रो देश नेपाल मात्र अछुतो रहने भएन भन्दै प्रहरी चौकी पनौतीका प्रमुख प्रहरी नायब निरिक्षक सन्तोष बाणिया भन्नुहुन्छ– ‘कोराेना संक्रमण नबढोस भन्ने उदेश्यका साथ यो अभियान सञ्चालन गरेका हौं ।’ यो अभियानले सकारात्मक नतिजा ल्याउने विश्वास भएको उहाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्