कोरोना संक्रमणबाट सिन्धुलीमा थप एक जनाको मृत्यु



बुद्ध नेपाली, सिन्धुली ।

कोरोना भाईरस संक्रमणबाट सिन्धुलीमा बिहिबार थप एक वृद्धको मृत्यु छ । जिल्लाको पुर्वी भेग फिक्कल गाउँपालिका –३ का ९४ वर्षिय वृद्धको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

मृतक वृद्धमा २३ गते कोरोना भाईरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । उहाँलाई कोरोना संक्रमण पुष्टि भए पछि होम आईसोलेसन राखिएको थियो ।

उहाँको घरमा नै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुभयो । यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण हाल सम्म ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्