पूर्व राजदूत एसोसिएसनकाे नयाँ कार्यसमिति चयन, अध्यक्षमा सिंखडा र सचिवमा शेर्पा

644
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पूर्व राजदूतहरूको छाता संगठन पूर्व राजदूत एसोसिएसन नेपालको नयाँ कार्यसमिति चयन गरिएकोे छ । पूर्व राजदूत डा. शम्भुराम सिंखडाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । अध्यक्ष सिंखडासहित उपाध्यक्षमा जेनेभाका पूर्व राजदूत डा. चोपलाल भुसाल, सचिवमा अस्ट्रेलियाकी पूर्व राजदूत लक्की शेर्पा, कोषाध्यक्षमा कतारको पूर्व राजदूत रमेश कोइराला छन् ।

यस्त्तै सदस्यहरूमा श्रीलंकाका पूर्व राजदूत डा. विश्वम्भर प्याकुरेल, अमेरिकाको पूर्व राजदूत डा. अर्जुन कार्की, डा. विजयकान्तलाल कर्ण, डेनमार्कको पूर्व राजदूत युवनाथ लम्साल र मलेसियाका पूर्व राजदूत डा. ऋषि अधिकारी मलेसिया रहेका छन् ।

भर्खरै चयन भएको नयाँ कार्यसमिति काठमाडौं जिल्ला प्रशासनबाट दर्ता भइ कानुनी प्रकृया पुरा भएपछिको पहिलो कार्य समिति भएको संगठनकी सचिव शेर्पाले जानकारी दिइन् ।

एसोसिएनले विश्वका विभिन्न देशहरूका कुटनीति क्षेत्रका समकक्षीहरूलाई आमन्त्रण गर्ने, अध्ययन भ्रमणहरूको आयोजना गर्ने गराउने, अन्तर्राष्ट्रिय भाइचाराका लागि आवश्यक कार्यक्रमहरू निर्माण गरी कार्यान्वयन गर्ने, कुटनैतिक मर्यादाभित्र रहेर नेपालको विकासमा सहयोग पु¥याउन विश्वका राष्ट्रहरू र अन्तराष्ट्रिय संस्थाहरूसँग सहकार्य गरी कार्यक्रमहरू गर्ने, नेपालको विकासमा सहकार्य गर्न चाहाने राष्ट्रहरूसँग मिलेर काम गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय विकास परराष्ट्र मामिलाका बारेमा अध्ययन अनुसन्धान गरी अध्ययन रिपोर्ट तथा जर्नलहरू प्रकाशन गर्ने एसोसिएसनले जनाएको छ ।