काँग्रेस बैठक जारी : महाधिवेशन कार्यतालिका भोलि पेश हुने

2.1k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

संविधानले तोकेको समय सीमाभित्र महाधिवेशन गर्न नसकि पार्टीको वैधानिकता माथि प्रश्न उठ्ने सम्भावना बढेसँगै चौधौँ महाधिवेशनको नया महाधिवेशनको कार्यतालिका बारे छलफल गर्न बसेको काग्रेस केन्द्रिय समिति बैठक जारी छ । विहिवार देखि शुरु भएको बैठकमा समायोजन सम्बन्धि र क्रियाशिल सदस्यता सम्बन्धि र निर्वाचन निर्देशिका सम्बन्धि तीन प्रतिवेदन प्रस्तुत भए पनि महाधिवेशनको कार्यतालिका भने प्रस्तुत भएको छैन ।

काग्रेस केन्द्रिय सदस्य शीवप्रसाद हुमागाईले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार भोली शुक्रवार महाधिवेशनको कार्यतालिका प्रस्तुत हुनेछ । विहिवारको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने क्रियाशिल सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले क्रियाशिल सदस्यता सम्बन्धि प्रतिवेदन पेश गर्नुभएको थियो । महामन्त्रि पुर्णवहादुर खड्काले निर्वाचन निर्देशिका सम्बन्धि प्रतिवेदन पेश गर्नुभएको थियो ।

निर्वाचन निर्देशिका प्रविधिक विषय मात्र भएकोले क्रियाशिल सदस्यता र समायोजन सम्बन्धि प्रतिवेदन माथि केन्द्रिय सदस्यहरुले धारणा राखिरहेका छन् । क्रियाशिल सदस्यता सम्बन्धि धेरै विवाद भएपछि यस अघि तोकिएको महाधिवेशन कार्यतालिका प्रभावित भएको थियो । यसअघि श्रावण १२ गते वडा अधिवेशन शुरु गरि भदौ १६ देखि १९ सम्ममा केन्द्रिय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका थियो ।

१३औं महाधिवेशनको नियमित कार्यकाल ४ वर्ष विशेष कारण देखाएर थप गरिएको १ वर्षका साथै संविधानले दिएको व्यवस्था अनुसार थप गरिएको ६ महिनाको समय सिमा पनि भदौ २३ मा सकिदै छ । यस पछि पार्टीको वैधानिकता माथि प्रश्न उठेने भन्दै काग्रेस नेतृत्वको चर्को आलोचना भैरहेको छ । बैठक बस्दै गर्दा महाधिवेशनको सुनिश्चितताको माग गर्दै बाहिर नारा जुलुस भैरहेको थियो ।